इजरायले गर्याे सिरियामा हवाई आक्रामण
तेल अहिव, २६ कार्तिक । इजरायलले सिरियामा ‘आतंकवादी पूर्वाधार’मा आक्रमण गरेको बताएको छ ।
इजरायली सेनाले घोषणा गरेको छ कि उसको लडाकु विमानले सिरिया भित्र ‘आतंकवादी पूर्वाधार’ विरुद्ध हमला गरेको हो ।
इजरायली अधिकारीहरूले शनिबार सिरिया, लेबनान र जोर्डनसँग सीमा जोडिएको गोलान हाइट्समा निर्देशित आगलागीको जवाफमा आक्रमण गरिएको बताएका छन् ।
‘केही समय अघि, हिजो शनिबारे गोलान हाइट्सतर्फ आक्रमणको जवाफमा इजरायलको सेनो लडाकु विमानहरूले सिरियामा आतंकवादी पूर्वाधार साइटहरूमा आक्रमण गरेका छन,’ इजरायलीले सेनाले टेलिग्रामको पोस्टमार्फत भनेको छ ।